काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 47