Aamsanchar

१८औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

Author Image
मङ्गलवार, मंसिर ११, २०८१

विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको यस २०५५ सालबाट सुरु भएको हात्ती महोत्सव कोराना महामारीको प्रकोपका कारण तीन बर्ष रोकिएको थियो । चितवनको पर्यटन विकासमा योगदान दिँदै आएको चितवन हात्ती तथा पर्यटन महोत्सवलाई गत बर्ष देखि निरन्तरता दिन पाउदा हामी निकै गौरान्वित भएका छौं । कोरोना महामारी र आर्थिकमन्दीले थलिएर तंग्रिदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उकास्न सम्बन्धित एंव जिम्मेवार संघ– संस्थाहरु संगको सहकार्यमा यो कार्यक्रम आयोजान गर्न लागिएको जानकारी गराउन पाउदा असाध्यै हर्षित छौं ।

सौराहामा हामीले दुई दशक अघि देखि आयोजना गर्दै आएको यस महोत्सवले सौराहा सहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको महसुस गर्दै रोकिएको महोत्सवलाई पुन सञ्चालनमा ल्याएका हौं । महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ । अर्न्तराष्ट्रिय स्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेका छ । साथै यहाँहरुको सहयोगले गर्दा नै हामी १८औं संस्करण सम्म पुग्न सफल भएको पनि यस पत्रकार सम्मेलन मार्फत जानकारी गराउछौं । हात्ती महोत्सवलाई सफल बनाउन तीनै तहका सरकार सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जको अतुलनीय सहयोग प्रति आभारी छौं ।

चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनाउन समेत यस महोत्सवको अभिप्राय रहेको छ । सौराहा लगायत चितवनका अन्य पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा यहाँहरुबाट विगतमा भएका प्रयासहरुलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौं । सफारी पर्यटनको रुपमा विकास भएको समग्र चितवनको पर्यटन हात्ती विना कल्पना गर्न नसकिने कुरा सर्वविदितै छ । पर्या–पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तर सम्म पहिचान गराउन सक्नु पनि महोत्वसको विशेषता हो

साथै प्लाष्टिकजन्य पदार्थहरुलाई पनि निरुत्साहित गर्दै डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवर्द्धन गर्ने प्रयास गरिरहेको समेत जानकारी गराउदछौं । यहाँका बहुल जाती, बहुभाषा र कला सँस्कतिको प्रवर्द्धन गर्दै भाविष्यको संरक्षण गर्नु पनि महोत्सवको विशेषता हो । चितवन हात्ती तथा पर्यटन महोत्सवले विगत देखि नै अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन विकासमा सघाउ पुरÞ्याउदै आएको सर्वविदितै छ, भने यस महोत्सवले अगामि दिनमा अझ थप उर्जा प्रदान गर्ने कुरामा हामीहरु आशावादी छौं । महोत्सव अन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुनेछन् ।।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर