Aamsanchar

बालाचर्तुदशी विशेष : अर्जुनधारामा लाखौं भक्तजनद्वारा शत्बिज छरियो, धार्मिक आस्था र पर्यावरणीय चेतनाको उत्सव

Author Image
शनिवार, मंसिर १५, २०८१

बला बालाचर्तुदशीका अवसरमा सदविज ९पवित्र अन्नका बीउहरू० छर्ने परम्परा हिन्दु धर्मको पुराण एवं लोककथामा आधारित छ । यो परम्पराका पछाडि विशेष पौराणिक कथन र धार्मिक मान्यता रहेका छन्।

पौराणिक कथाअनुसार, एक राजा अथवा तपस्वीले गल्तीवश अथवा अज्ञानतावश नराम्रा कर्म गरेपछि आत्मशुद्धिका लागि भगवान् शिवको आराधना गरे । भगवान् शिवले उनलाई सदविज छर्ने र धर्म–कर्मद्वारा पुण्य सञ्चित गर्ने उपाय सुझाउनुभएको थियो।
राजा वा तपस्वीले बाला बालाचर्तुदशीको दिन तीर्थ क्षेत्रमा गएर १४ ठाउँमा १४ प्रकारका पवित्र अन्नका बीउ ९जस्तै गहुँ, चना, मकै, कोदो, आदि० छरें। यस कर्मको माध्यमबाट उनले आफ्नो पापको प्रायश्चित गर्दै शिवको कृपा प्राप्त गरेका थिए।

पवित्रता र पुनर्जन्मः यो परम्पराले मानिसको मन र आत्मालाई पवित्र बनाउने विश्वास गरिन्छ । छरिएका बीउहरूले नयाँ जीवनको प्रतीक दिन्छन्।
बाला बालाचर्तुदशीका दिन छरिएका सदविजले पितृहरूको आत्माले शान्ति पाउँछन् भन्ने मान्यता छ । यो कर्म भगवान् शिवलाई समर्पित गरिन्छ, जसलाई कर्म र पुनर्जन्म चक्रबाट मुक्ति दिने भगवान् मानिन्छ ।

बला बालाचर्तुदशीका व्रत बस्ने, शिवलिंगमा जल, बेलपत्र अर्पण गर्ने, र सदविज छर्ने परम्परा रहेको छ। विशेषगरी, यो परम्परा धर्म–कर्मप्रति श्रद्धा र पवित्रता प्रकट गर्न गरिएको हो।
सदविज छर्ने परम्पराले प्रकृतिप्रति सम्मान प्रकट गर्दछ । छरिएका बीउहरूले नयाँ बिरुवा अंकुरण गरी वातावरणमा हरियाली ल्याउने धार्मिक र पर्यावरणीय चेतना पनि दिन्छ ।
यसरी, बला चर्तुदशीका दिन सदविज छर्ने परम्पराले धार्मिक, सांस्कृतिक, र पर्यावरणीय महत्व बोकेको छ ।
त्यस्तै आज बालाचर्तुदशीको दिन देशका शिवालय, नदी, ताल, पोखरी डिलकामा शतवीज छरिदै छ । आज विहानै देखि धार्मिक स्थलहरुमा भक्तजनको घुइँचो लागेको छ । त्यस्तै झापाको अर्जुनधारा

जलेश्वरधाममा पनि शतवीज छर्ने काम भईरहेको छ । विगतको वर्षहरु भन्दा यस वर्ष अर्जुनधारा आउने भक्तजनको संख्या बढेको पाइएको छ । धाम समितिका अध्यक्ष नवीनकुमार गट्टानीले दिएको जानकारी अनुसार यस पटक अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठपारायण तथा हवनात्मक महायज्ञ आयोजना हुनु र उक्त अनुष्ठान अवधिमा धाम परिसरमा गङ्गा आरती, विद्युतीय वत्तीको श्रृगारलगायतका आर्कशणका कारण यो पटक अहिलेसम्म कै ठूलो संख्यामा भक्तजन आएका हुन ।

यसबर्ष आफूहरूले कल्पना गरेको भन्दा बढी भक्तजन शत्बीज छर्न आएको बताउंदै उनले शनिबार बिहान २ बजेदेखि भक्तजनहरूले शत्बीज छर्न शुरू गरेको र दिनभरमा लाखौ भक्तजन धाममा आउने उनले बताए ।नेपाल, भारत, भुटान, अमेरिका, अस्ट्रेलियाबाट समेत भक्तजनको सहभागिता रहेको समितिले जनाएको छ ।

अरु भिडियो पनि हेर्नुहोस् ।

https://youtu.be/QoZCe8ze6do?si=jmaFhextI9C5JbSV

https://youtu.be/AMJAHf7RJIk?si=Z8CNutlj3B8z_Asm

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर