Aamsanchar

सुनको मूल्य

Author Image
सोमवार, मंसिर २४, २०८१

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ
बुधवार, वैशाख १६, २०८३
आज सुनचाँदीको मूल्य
मङ्गलवार, वैशाख १५, २०८३
सुनको मूल्य बढ्याे
सोमवार, वैशाख १४, २०८३