![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/New-Project-49-1.jpg)
काठमाडौँ-बुधबार निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको छ । मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
छलफलपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष सिंहले काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट सात सय रुपियाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीले प्रतिबद्धता गरेको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा अब ६ सय रुपियाँमा पिपिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूले सिमेन्ट उद्योगी धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
सिमेन्ट उत्पादक सङ्घले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गर्नुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 66