Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
बिहिवार, पौष २५, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ४० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार आठ सय ३० रुपैयाँ रहेको थियो ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ
बुधवार, वैशाख १६, २०८३
आज सुनचाँदीको मूल्य
मङ्गलवार, वैशाख १५, २०८३
सुनको मूल्य बढ्याे
सोमवार, वैशाख १४, २०८३