

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार १२ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुन एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 83