

बिर्तामोड । देशकै अग्रणी सोफा तथा फर्निचर निर्माता सोफा हवले आफ्नो आठौं शाखा बिर्तामोडमा सञ्चालनमा ल्याएको छ। भद्रपुर रोडस्थित सो नयाँ शाखाको उद्घाटन नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले एक भव्य समारोहबीच गरे।

सोफा हवको बिर्तामोड शाखाको उद्घाटन कार्यक्रममा नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनले सोफा हवजस्तो उद्योगले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गरेकोमा प्रशंसा गर्दै भने, “सोफा हवजस्तो स्वदेशी उद्योगले गुणस्तरीय उत्पादनमार्फत नेपाली उपभोक्ताको आवश्यकताहरू पूरा गरिरहेको छ। यस्ता उद्योगहरूको विकासले देशको आर्थिक समृद्धिमा टेवा पु¥याउँछ। हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ र आयातमा निर्भरता घटाउनुपर्छ।“

दुर्गा प्रसाईले यस्ता उद्योगहरूले स्थानीय रोजगारी सिर्जना, उद्योगमा नवीनता, र उपभोक्ताको मागलाई गुणस्तरीय ढंगले पूरा गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले स्वदेशी उद्योगहरूलाई निरन्तर सहयोग गर्न सबैलाई आह्वान गरे।

तीन तल्ले सोरुममा उच्च गुणस्तरका फर्निचर तथा सोफाहरु प्रदर्शनमा राखिएका छन्। न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्मका सोफा उपलब्ध गराइएको छ। कम्पनीले १० वर्षको वारेन्टी, ५० किलोमिटरभित्र निःशुल्क डेलिभरी, र पुरानो सोफाको सट्टापट्टा सुविधा जस्ता आकर्षक सेवा प्रदान गर्दै आएको छ।


उद्योगको विस्तार र रोजगारमा योगदान
काठमाडौं, चितवन, पोखरा, र नेपालगन्जमा शाखा स्थापना गरिसकेको सोफा हवले आफ्नै उत्पादनशालाबाट उत्पादन गरी सुलभ मूल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार कम लागत र कम नाफा तर धेरै बिक्रीको रणनीतिले नेपालभरि ग्राहकहरूको मन जित्न सफल भएको छ।
कम्पनीले १६८ जनालाई प्रत्यक्ष रोजगार र १,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ। सोफा हवका प्रवन्धक तारालाल धरेलले गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवाको कारणले सोफा हव उपभोक्ताको पहिलो रोजाइ बन्न सफल भएको बताए।
फर्निचर क्षेत्रको प्रतिस्पर्धामा अग्रस्थानमा
सोफा हवले नेपाली फर्निचर बजारमा आफ्नो स्थान मजबुत बनाउँदै आएको छ। बिर्तामोड शाखासँगै झापा क्षेत्रमा पनि कम्पनीले उच्चस्तरीय सेवा प्रदान गर्ने र उपभोक्ताको आवश्यकता पूरा गर्ने अपेक्षा गरेको छ।
कम्पनीले आगामी दिनमा अन्य क्षेत्रहरूमा समेत आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएको छ।