Aamsanchar

आम्दानीको स्रोत बन्दै रुद्राक्षको माला र ढाकी

Author Image
सोमवार, माघ ७, २०८१

राहक्षेत्र-  नेपालको मध्यपहाडी क्षेत्रमा पाइने रुद्राक्ष विभिन्न प्रयोजनका लागि प्रयोगमा आउने गरेको छ । धार्मिक, आध्यात्मिक तथा औषधीय महत्व रहेको रुद्राक्ष पछिल्लो समय आर्थिक आर्जनका लागि उपयोगी बन्दै आएको छ ।

रुद्राक्ष भगवान् शिवसँग सम्बन्धित भएकाले श्रद्धापूर्वक पूज्ने र मालाका रूपमा धारण गर्दै आएको रुद्राक्षको दाना पछिल्लो समय माला र फूल बोक्ने ढकीका रूपमा समेत प्रयोग गरिँदै आएको छ । रुद्राक्षको दानाबाट माला र फूल बोक्ने ढाकी बनाएर सुनसरीको वराहक्षेत्र मन्दिर परिसरमा करिब एक सय जनाले आम्दानी लिँदै आएका छन् । ५७ वर्षीय डम्बरबहादुर परियारले चार दशकदेखि (पन्ध्र वर्षको उमेरदेखि) रुद्राक्षको दानाबाट पूजा गर्न प्रयोग गरिने ढकी बनाएर बिक्री गर्दै आउनुभएको छ ।

उहाँका छारीहरूले मन्दिरपरिसरमा खोलेको माला र पूजा सामग्रीको पसलमा बिक्रीका लागि राख्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार ढकी र मालाको साइज अनुसार प्रतिगोटा तीन सयदेखि पाँच सयसम्म बिक्री हुने गरेको छ ।

ढकी र माला बनाउन धनकुटाको तामराम, कौवा खोला क्षेत्र र सुलीपाखाबाट प्रतिकिलो ६० देखि ७० रुपियाँका दरले दाना किनेर ल्याउने गरेको परियारले बताउनुभयो । परियार जस्तै धेरैले रुद्राक्षको ढकी बनाएर बेच्ने गरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रविकुमार श्रेष्ठले बताउनुभयो ।

दाना रुद्राक्षलाई तारले छेडेर थाली, ढकी बनाउने गरिन्छ । दैनिक नौदेखि बाह्र वटासम्म ढकी बनाउने गरेको परियार बताउनुहुन्छ ।

हिन्दु धर्मका चार प्रमुख धाममध्ये एक धामका रूपमा रहेको वराहक्षेत्र मन्दिरमा दैनिक मन्दिर दर्शन गर्न तीर्थालु आउने हुँदा मन्दिरपरिसरमा रहेका करिब एक सय माला, फूलपातीलगायत पूजा सामग्री बेच्ने पसल सञ्चालनमा रहेका छन् । “पूजा सामग्री बेचेरै दैनिकी मात्रै टरेको छैन छोराछोरीलाई सहरमा राखेर पढाएका छन् । पसलबाटै प्रायः धेरै जसोको घर इटहरी, विराटनगरमा बनाएका छन्,” मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । स्थानीय ४० वर्षीय लक्ष्मण श्रेष्ठका अनुसार पूजा सामग्रीका साथै रुद्राक्षको ढकी पनि तीर्थालुले खोज्ने गरेका छन् ।

वराहक्षेत्र मन्दिर परिसरबाहिर १५० घरधुरी छन् । यहाँको प्रमुख आयस्रोत भनेकै माला, प्रसाद, फूलपाती, होटेल र खाजा पसलको व्यापार हो । “सबै स्थानीयवासी व्यवसाय नै गर्नुहुन्छ । खेती कमाइ भनेकै सबैको व्यापार हो” वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रविकुमार श्रेष्ठले भन्नुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर