हल्दिबारी। हल्दिबारी र बाह्रदशी गाउँपालिकामा क्रियाशील पत्रकारहरू संगठित हुँदै ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेका छन्।
हल्दिबारी वडा नं. २ स्थित भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आज आयोजित कार्यक्रममा दुई पालिकाका पत्रकारहरूको संयुक्त भेलाले नयाँ क्लब गठन गरेको हो। कार्यक्रममा हल्दिबारी प्रेस क्लब विघटन गर्दै नयाँ कार्यसमिति चयन गरिएको थियो।

नयाँ क्लबलाई दुई पालिकाका पत्रकारहरूको छाता संगठनका रूपमा अगाडि बढाउने र क्षेत्रीय पत्रकारिताको सुदृढीकरण गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष नेत्रबिक्रम बिमलीले जानकारी दिए।

नवगठित हल्दिबारी–बाह्रदशी प्रेस क्लबको पदाधिकारीहरूमा अध्यक्षः नेत्र बिक्रम बिमली (हल्दिबारी), उपाध्यक्षः अभिषेक धमला (प्रितम) (बाह्रदशी), महासचिवः हैकम घिसिङ (हल्दिबारी), सचिवः मनोज तिवारी (दर्पण) (बाह्रदशी), कोषाध्यक्षः शान्ता उप्रेती (हल्दिबारी) त्यसैगरी सदस्यहरूमा जनक राजवंशी (हल्दिबारी), टिकाराम बास्तोला (हल्दिबारी), राजेश आचार्य (बाह्रदशी), र असफाक आलम (बाह्रदशी) रहेका छन्।

सल्लाहकार समितिमा लेखनाथ शिवाकोटी (संयोजक), सुरेन्द्र भण्डारी र याम दंगाल रहेका छन् भने लेखा समितिमा अभिषेक खतिवडा (संयोजक), जनक राउत र हेमन्त मैनाली चयन भएका छन्।
कार्यक्रममा पत्रकारिता क्षेत्रको सशक्तीकरण, दुई पालिकाको समाचारलाई प्रोत्साहन गर्ने, र स्थानीयस्तरको मुद्दा उजागर गर्न क्लबले भूमिका खेल्ने विषयमा छलफल गरिएको महासचिव हैकम घिसिङले जानकारी दिए ।

