कमल। कमल गाउँपालिकाको पाडाजुङ्गी-गौरिगञ्ज सडक खण्ड अन्तर्गत पाडाजुङ्गी देखि मङ्गलबारे सम्म डिभाइडर भित्र लगाएको बिरुवा गोडमेल तथा संरक्षण गाउँपालिका अध्यक्ष हुकुम सिंह राई तथा स्थानीयहरुको श्रमदान मार्फत कार्यक्रम आयोजना गरिएको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अगुवाइ र सगुन युवा क्लबको आयोजना साथै कृषि शाखाको सहयोगमा स्थानीय युवाहरूको सहभागिता सहित बिरुवा गोडमेल तथा संरक्षण कार्यक्रम आयोजना गरिएको थियो।

पाडाजुङ्गी-गौरिगञ्ज सडक खण्ड अन्तर्गत पाडाजुङ्गी देखि मंगलबारे हलेसी होटल सम्म रोपिएको पाल्म जातका बिरुवा गोडमेल गरिएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुम सिंंह राई ,कमल गाउँपालिका कृषि शाखा प्रमुख महेन्द्र बोहोरा, सगुन युवा क्लबका अध्यक्ष देवी आङ्दाम्बे , क्लबका सचिब रोशन दाहाल, समाजसेवी दिनेश अधिकारी, होटल तथा व्यवसायी कुल बहादुर दाहाल, दिनेश घिमिरे, अजिव राई, अनिल बिक्रम राई, धिरज श्रेष्ठ, विवेक बस्नेत, केदार चापागाईं, बिनोद घिमिरे , हर्कबहादुर दाहाल, रुप नारायण निरौला, कृषि शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।


सडकको सौन्दर्यता बढाउनका लागि कमल गाउँपालिकाले सडक डिभाइडरमा १०० बटा विरुबा रोपिसकेको र त्यसलाई कृषि प्राविधिकहरुको सहयोगमा संरक्षण गर्ने कार्य निरन्तरता दिइरहेको सगुन युवा क्लबका सचीव रोशन दाहालले बताए ।

गाउँपालिका अध्यक्ष राईले स्थानीयहरुलाई रोपिएको बिरुवा प्रति इमानदार भएर आफ्नो घर अगाडि आफैले दैनिक पानी हाल्न अनुरोध समेत गरेका छन।