Aamsanchar

ताप्लेजुङमा यस वर्ष सुन्तला उत्पादन बृद्धी

Author Image
शुक्रवार, माघ ११, २०८१

ताप्लेजुङ-  ताप्लेजुङमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापा मगरले जानकारी दिनुभयो । थापा मगरका अनुसार यस वर्ष खेती विस्तारसँगै सुन्तला उत्पादन बढेको हो । जिल्लामा ५५६ हेक्टर क्षेत्रफल बराबरको जग्गामा गरिएको खेतीबाट तीन हजार ५४३।७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भई दिएकाले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष तीन हजार ५६ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तला खेती गरिएको जमिनमध्ये ४३४ हेक्टर क्षेत्रफललाई भने उत्पादनशील क्षेत्रका रूपमा कृषि ज्ञान केन्द्रले औँल्याएको छ ।

यता जिल्लामा सुन्तलाको मूल्य भने प्रतिकिलोग्राम १०० देखि १५० रुपियाँसम्म छ । उत्पादक किसान तथा स्थानीय व्यवसायीले सो मूल्यमा सुन्तला बिक्री गर्दै आएका छन् । किसानका अनुसार यहाँ उत्पादन हुने सुन्तला जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ । जिल्ला बाहिरका व्यापारीले प्रतिकिलोग्राम ८० देखि ९० रुपियाँका दरले बगान ९बगैँचा० बाटै सुन्तला खरिद गर्ने गरेका किसानको भनाइ छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर