Aamsanchar

फ्रेन्ड्स र एनआरटी खेल्दै

Author Image
आइतवार, माघ १३, २०८१

काठमाण्डौ – सभापति कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र न्युरोड टीम (एनआरटी) क्लबले खेल्दैछन् । यो खेल बेलुका साढे पाँच बजेपछि दशरथ रङ्गशालामा शुरु हुनेछ ।

आजको खेलको विजेताले सेमिफाइनलमा लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशसँग खेल्नेछ । हिजो नेपाल पुलिस क्लबलाई हराउँदै बागमती सेमिफाइनलमा पुगेको हो ।

सङ्कटा र मच्छिन्द्र फुटबल क्लब पनि सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर