



काठमाण्डौ – सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजोको तुलनामा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।




यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 155