Aamsanchar

हलेसी तुवाचुङ नगरपालिकाद्वारा घरेलु मदिरा औद्योगिकीकरणको पहल

Author Image
मङ्गलवार, माघ २२, २०८१

हलेसी । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु मदिरा) लाई औद्योगिकीकरण गर्दै वैधानिक उत्पादन तथा प्रवर्द्धनको कार्य सुरु गरेको छ। नगरपालिकाले सहकारी, होमस्टे, दर्ता भएका आमा समूह तथा महिला समूहलाई मात्र मदिरा उत्पादनको अनुमति दिँदै गुणस्तरीय उत्पादन, ब्रान्डिङ र बिक्रीवितरणको व्यवस्था मिलाएको छ।

पहिलो चरणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरी कच्चापदार्थ, बोटलिङ र सप्लाईमा ८०५ सम्म अनुदानको व्यवस्था गरिएको छ। उत्पादन भएको मदिरा होमस्टेमा मात्र बिक्री गर्न पाइने व्यवस्था गरिएको छ।

घरेलु मदिराको प्रवर्द्धनले स्थानीय महिलाको आयआर्जन बढ्ने विश्वास गरिएको छ। साथै, आयातित पेय पदार्थको प्रयोग न्यूनीकरण गर्न कतिपय स्थानमा प्रतिबन्धसमेत लगाउन थालिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर