Aamsanchar

दाङ : १० वर्षीय बालकले चलाएकाे भरूवा बन्दुककाे गोली लागेर आठ वर्षीय भाईकाे मृ*त्यु

Author Image
शनिवार, माघ २६, २०८१

बुटवल –दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-३ ठुलासम्वामा आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।

प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा मृतक भुवनका दाइ १० वर्षीय बालक र बन्दुक लोड गरी राख्ने ६२ वर्षीय मृतकका बाजे भूपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले बताए । प्रहरी निरीक्षक रोकायका अनुसार घरमा लोड गरी राखेको भरुवा बन्दुक शिशिरले खेलाउने क्रममा आज बिहान पड्किँदा भाइ भुवनलाई गोली लागेको थियो ।

प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रा समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर