भद्रपुर । झापाका प्रसिद्ध उद्योगी दिपेश ढकालले भद्रपुर स्थित चन्द्रगढी विमानस्थलको गेट अगाडि नयाँ एअरपोर्ट होटलको उद्घाटन गरेका छन् । यस होटलको सञ्चालनले भद्रपुरका आगन्तुक र यात्रुहरूको लागि उच्चस्तरीय सुविधाको नयाँ सम्भावना प्रस्तुत गरेको छ ।


होटलको उद्घाटन माघ २६, २७ र २८ गते हुने बताइएको छ । उद्घाटनका अवसरमा होटलमा विभिन्न नास्ता र खानेकुरामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । दिपेश ढकालले भने ‘भद्रपुरमा सुविधायुक्त होटलको आवश्यकता महसुस गर्दै एअरपोर्ट होटल सञ्चालनमा ल्याइएको हो ।’

यस होटलमा पाँचतारे स्तरको १७ वटा भव्य कोठा उपलब्ध छन्, जसमा डिलक्स, स्विट र डबल स्विट का प्रकार समावेश छन्। होटलको सस्तो दरमा ४५ जनासम्मको क्षमता भएको ब्रेकफास्ट सेवा पनि उपलब्ध छ, जसमा उच्चस्तरीय बेड र सुविधाजनक वातावरणका साथै सुलभ दरमा आराम गर्ने अवसर प्रदान गरिन्छ ।


होटलको मेनुमा कन्टिनेन्टल, इन्डियन, चाइनिज र तन्दुरी खानाको विस्तृत श्रृंखला समावेश गरिएको छ । नेपाली पारंपरिक स्वादमा सेकुवा, छोइला र ममका परिकारहरू पनि उपलब्ध छन् ।

