Aamsanchar

‘सहरेडाँगी माधव आश्रम महायज्ञको तयारी पूरा, हरिकृष्णको वाचनप्रति स्थानीयमा उत्सुकता’

Author Image
आइतवार, फागुन ४, २०८१

बिर्तामोड । मेचीनगर-१२ सहरेडाँगीस्थित श्री माधव संस्कृति विद्याश्रम एवं माधवेश्वर शिव पाञ्चायतन मन्दिरमा आयोजना हुन गइरहेको श्रीमद्भागवत सप्ताह एवं धनधान्याचल विराट ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ। फागुन ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महायज्ञमा विद्याश्रमका पूर्वविद्यार्थी हरिकृष्ण भण्डारीले प्रमुख वाचकत्व ग्रहण गरी भागवत कथा वाचनको शुभारम्भ गर्ने भएका छन्।

पूर्व सञ्चारकर्मी तथा धर्म-संस्कृति संरक्षणका अभियन्ता पण्डित भण्डारीको प्रथम कथा वाचन हुन लागेकोले स्थानीयस्तरमा महायज्ञको चर्चा चुलिएको छ। आयोजक संस्थाका अध्यक्ष तिलक गिरीका अनुसार महायज्ञलाई भव्य एवं सभ्य बनाउन सबै तयारी पूरा भइसकेको छ।

विद्याश्रमको २७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको यस महायज्ञमा पण्डित कुलशेखर खतिवडाले मूलपाठ पारायण गर्नेछन्। गुरुकुलमा अध्ययनरत वटुकहरूका लागि निःशुल्क भोजन, आवास तथा पठनपाठन सञ्चालन, अक्षयकोष अभिवृद्धि, निर्माणाधीन भवन सम्पन्न तथा गुरुकुलको स्तरोन्नति महायज्ञको मुख्य उद्देश्य रहेको संस्थाका सचिव यमनाथ बरालले जानकारी दिए।

पत्रकार भेटघाट कार्यक्रममा पण्डित भण्डारीले कथा वाचनबाट प्राप्त हुने दान-भेटी माधव आश्रमको उन्नतिका लागि निरन्तर प्रदान गर्ने घोषणा गरे।

महायज्ञ सुरु हुनुअघि नै प्रमुख वाचक भण्डारीप्रति स्थानीयवासीमा विशेष उत्सुकता देखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर