



काठमाण्डौ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने आज घटेको छ । चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय ९० रुपैयाँ रहेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 121