Aamsanchar

जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक

Author Image
बुधवार, जेठ १, २०८२

काठमाण्डौ – वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सूचीअनुसार १४ वटा बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर यथावत् राखेका छन् ।

नेपाल बैंक, एभरेस्ट बैंक र सानिमा बैंकले वैशाखको तुलनामा जेठमा सामान्य ब्याजदर बढाएका छन् । यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकले ब्याजदर सामान्य घटाएका छन् ।

समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५ दशमलव ९७ प्रतिशत रहेकोमा जेठ महिनामा ५ दशमलव ९५ प्रतिशतमा झरेको छ ।

जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर नेपाल बैंकले ५ दशमलव ४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्ट बैंकले ६ दशमलव ६४ प्रतिशत तोकेको छ ।

 

Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे मूल्य बढ्याे
बिहिवार, जेठ ३०, २०८२
सुनकाे मूल्य बढ्याे
बुधवार, जेठ २९, २०८२
धान चामलकाे आयात बढ्याे
मङ्गलवार, जेठ २८, २०८२