Aamsanchar

सुनकाे मुल्य तोलामा ५ हजार रुपैयाँले बढ्याे

Author Image
बुधवार, जेठ ८, २०८२

काठमाडौं – नेपाली बजारमा आज सुन तोलामा ५ हजार रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महांसघका अनुसार आज ५ हजार रुपैयाँले बढेर प्रतितोला सुनको भाउ १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। मंगलबार चाँदी तोलामा १ हजार ९४० रुपैयाँ कायम भएकोमा आज बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे मूल्य बढ्याे
बिहिवार, जेठ ३०, २०८२
सुनकाे मूल्य बढ्याे
बुधवार, जेठ २९, २०८२
धान चामलकाे आयात बढ्याे
मङ्गलवार, जेठ २८, २०८२