Aamsanchar

सुनको भाउ फेरि उकालो लाग्दै

Author Image
बिहिवार, जेठ ९, २०८२

काठमाडौं – स्थानीय बजारमा सुनको भाउ फेरि उकालो लागेको छ। बुधबार ५ हजार रुपैयाँले बढेको सुन आज १७ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार १७ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।

 

अघिल्लो दिन प्रति तोला सुन १ लाख ८९ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार एक तोला चाँदीको मूल्य १९९० रुपैयाँ कायम भएको थियो ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे मूल्य बढ्याे
बिहिवार, जेठ ३०, २०८२
सुनकाे मूल्य बढ्याे
बुधवार, जेठ २९, २०८२
धान चामलकाे आयात बढ्याे
मङ्गलवार, जेठ २८, २०८२