झापा । झापा जिल्ला प्रशासन कार्यालयले बिर्तामोड र दमक क्षेत्रलाई संवेदनशील मान्दै पुनः कर्फ्यु आदेश जारी गरेको छ । आइतबार राति देखिएको तनाव र भिड नियन्त्रण गर्न नसकिएपछि प्रशासनले सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो ।

प्रशासनले बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म बिर्तामोड नगरपालिका–४, ५, ६ र ७ सहित दमक नगरपालिका–३, ४ र ५ नम्बर वडामा कर्फ्यु लागू हुने जनाएको छ । कर्फ्यु अवधिमा आवश्यक स्वास्थ्य सेवा, उद्धार कार्य र सुरक्षासम्बन्धी गतिविधि बाहेक कुनै पनि गतिविधि सञ्चालन गर्न पाइने छैन ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, भीड नियन्त्रणका क्रममा झडप बढ्दै गएपछि स्थानीय शान्ति सुरक्षा कायम राख्न बाध्य भएर कर्फ्यु लगाइएको हो । प्रशासनले जनतालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ भने सुरक्षाकर्मीलाई सडकमा कडा निगरानी गर्न निर्देशन दिएको छ ।



