Aamsanchar

झापामा ९९ थान हतियार लुटिएका मध्ये ७७ थान फिर्ता

Author Image
मङ्गलवार, कार्तिक २६, २०८२

 झापा – जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते झापाका इलाका प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा ९९ थान हतियार लुटिएकामा ७७ थान फिर्ता भएको छ। अब २२ थान हतियार फिर्ता हुन बाँकी रहेको प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

यसैगरी जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमणका घटना भएका थिए । सो घटनाको सीसीटिभी फुटेज, भिडियो र फोटोको अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालबाट म्याद लिएर अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर