Aamsanchar

खोलामा डुबेर दुईको मृत्यु

Author Image
मङ्गलवार, असोज ४, २०७३

उर्लाबारी ।

drawning-in-water-765x510

खोलामा डुबेर मोरङमा आज एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

मधुमल्ला– ४ खावेझोडा बस्ने टीकाराम खड्काका तीन वर्षिय छोरा परेन्ताको घर नजिकै रहेको बक्राहा खोलामा डुबेर मृत्यु भएको हो ।
बालकलाई घर नजिकै रहेको खोलामा डुबेको फेला पारेपछि उपचारका लागि लाइफ लाइन अस्पताल दमक लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले बताउनुभयो ।

यस्तै विराटनगर–१ स्थित सिङ्गिया खोलामा डुबेर कटहरी–३ का ५० वर्षीय प्रमोद मेहताको मृत्यु भएको छ । मेहतालाई खोलामा डुबेको अवस्थामा स्थानीयबासीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१