Aamsanchar

‘वर्तमान सरकार सत्ता र शक्तिको नसामा मात्तिएको छ’

Author Image
आइतवार, साउन ३२, २०७७

फायल तस्वीर

विर्तामोड । नेपालीकांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले सत्ताको सम्पूर्ण शक्ति आन्तरिक संघर्षमा नै खर्चिएको बताउनुभएको छ ।
नेपालीकांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाटलाई सम्बोधनगर्दै नेता सिटौलाले यस्तो धारणा राख्नुभएको हो ।

‘कसैलाई ओलीबचाउनु छ, कसैलाई ओलीलाई हटाउनु छ’–कम्युनिष्ट पार्टीभित्र देखिएको शक्ति संघर्षको प्रसङ्गमा नेता सिटौलाले भन्नुभयो–‘वर्तमान सरकार सत्ता र शक्तिको नसामा मात्तिएको छ, यो सरकारले कम्युनिष्टकै प्रगतिमा सबै जनताको प्रगति देख्छ । तर जनताको समस्या र गुनासाको सम्बोधन गर्दैन, गर्न सक्दैन, सरकार नसाको मातमा सुतेको छ, मिलेर वा झगडा गरेर भए पनि वर्तमान सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गरिरहेको छ ।’

प्रेसमाथि संकुचन, न्यायालय, ब्युरेक्रेसी, आयोगहरु, प्रहरीप्रशासन सबैलाई आफ्नो इशारामाचल्ने बनाएर वर्तमान सरकार एकदलीय कम्युनिष्ट सर्वसत्ताबादलाद्न उद्यत रहेको नेता सिटौलाले दावी गर्नुभयो ।
विदेशी सरकार प्रमुखबाट प्रशिक्षण लिने घटना नेपालमै पहिलो भएको उल्लेख गर्दै उहाँले चिनिया राष्ट्रपतिमार्फत प्रशिक्षण लिएर वर्तमान सरकारले कुटनीतिक मर्यादा र पञ्चशीलको मान्यताविपरित कार्य गरेको धारणा राख्नुभयो । छिमेकीकाहिसावले भारत र चिनसँग नेपालको आपसी सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उहाँले विदेशी सरकारबाट प्रशिक्षण लिनु खेदजनक रहेको बताउनुभयो ।
वर्तमान सरकारले जनहित र राष्ट्रिय हितमाकुनै काम गर्न नसकेको दावीगर्दै नेता सिटौलाले अहिले उद्योग, ब्यापार, ब्यवसाय चौपट बनेको तर सरकारले अर्थतन्त्रबचाउनकुनै योजनाबनाउननसकेको धारणा राख्नुभयो ।

पूर्व गृहमन्त्री समेत रहनुभएका नेता सिटौलाले वर्तमान सरकारसँग पोलिसी, एक्सनप्लान र सोच्ने क्षमता नै नभएको जिकिर गर्दै नेता सिटौलाले प्रश्न गर्नुुभयो–‘एउटी युवतीमा कोरोना देखिदा देश नै ठप्प हुने गरी लकडाउन गर्ने र अहिले देशैभर कोभिडका संक्रमीत देखिदा सबै खुल्ला गर्ने सरकारसँग के पोलिसी छ, के भिजन छ, के क्षमता छ ?’

कांग्रेसले कोभिड–१९ संक्रमणको न्युनिकरणका लागि सरकारलाई सहयोग गरेपनि कोभिड–१९ को उपचारका लागि अस्पताल ब्यवस्थापन, राहतवितरण, अलपत्र नेपालीको उद्दार, क्वारेन्टिन ब्यवस्थापन, आइसोलेशन अस्पताल, भेन्टिलेटर ब्यवस्थापनआदिकालागिकांग्रेसले दिएका सुझावहरु सरकारले कार्यान्वयननगरेकोप्रतिआपत्ति प्रकट गर्नुभयो ।

नेपालीकांग्रेस पार्टी १४ औं महाधिवेशनको संघारमा रहेपनि समयमै महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योल अझै जारी रहेको बताउँदै नेता सिटौलाले नेपालीकांग्रेसका लागि आगामीदिन अझै चुनौतिपूर्ण हुने धारणा राख्नुभयो । १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व, संस्कार र संस्कृति परिवर्तन जरुरी रहेको बताउँदै उहाँले लोकतान्त्रिक अभ्यासको पूर्ण पालनासहित निश्पक्ष निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । क्रियाशिल सदस्यता नवीकरण र वितरणमा महिला र दलितलाई विशेष प्राथमिकता दिनपनि नेता सिटौलाको आग्रह थियो ।
नेपालीकांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, भारतेन्दुकुमार मल्लिक, प्रदेश सांसद ओम सरावगी, नेपालीकांग्रेस झापाका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय तथा प्रदेश क्षेत्रीय सभापतिहरु, गाउँ÷नगर सभापतिहरु, भातृ तथाशुभेच्छुक संस्थाकाअध्यक्षहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव प्रेम सम्बाहाम्फेले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीकातर्फबाट कृष्ण हुमागाई, दीपकतामाङ, उमा शिवाकोटी, गोपाल उप्रेती, सितापौडेल, प्रकाश शिवाकोटी, मनिकलाल माझी, बलराम कार्की, शेरवहादुर थापालगायतले आ–आफ्नो धारणा राख्दै कांग्रेसको चौधौं महाधिवेशनबाट नेतृत्व परिवर्तन गरिनुपर्ने, लामो समय पार्टीमा योगदान गरेका अनुशासित कार्यकर्तालाई स्थान दिइनुपर्ने, कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र बेथितिका विरुद्ध प्रतिपक्षीआवाजलाई मजबुत बनाई भण्डाफोर गर्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।

 

Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर