Aamsanchar

मासिक लाइन खाने सईको सरुवा

Author Image
बुधवार, असोज ५, २०७३

 

झापा ।

IMG_20160920_154342

दक्षिणी झापाको कुमरखोद गाविसमा प्रहरीकै मिलेमत्तोमा तस्करी हुने गरेको रहस्य खुलेको छ । भारतको दिघलवैंक नाका हुँदै नेपाल भित्र्याइएको ठूलो परिमाणको फरेनगुड्का सामान मध्य दक्षिणी झापाको कुमरखोदबाट मंगलवार पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले विशेष सुराकीको आधारमा १० लाख मूल्य वरावरको सामान वरामद र तस्करीमा सम्लग्न भएक तीन जनालाई पक्राउ गरी कारवाही अघि बढाएसंगै प्रहरीकै मिलेमत्तोमा तस्करी हुदै आएको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाका इन्चार्ज केदारजंघ थापाको सेटिङमा तस्करी हुने गरेको विशेष सुराक आएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको थियो । वरामद सामान र तस्करीको विषयमा जिल्ला प्रहरी कार्यालय झापाले मंललवार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।

प्रहरीले कुमरखोद – २ स्थित हरि ढकालको घरमा भण्डार गरी राखेको सामान भारत लैजादै गरेको अवस्थामा दशगजा सिमा क्षेत्रबाट प्रहरीले १४ पोका अर्थात १० लाख ३४ हजार ५ सय रुपैया मुल्य बराबरको सामान सहित तस्करीमा सम्लग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नेपालबाट भारतको डिगलबैक तर्फ लगिरहेको अवस्था प्रहरीले सामानसहित तीन जनालाई नियन्त्रण लिएको थियो । तस्करीको कपडा बोक्ने दुई वटा साइकल पनि घटना स्थलबाट बरामद गरेको प्रहरीले जनाएको छ । तस्करीमा सम्लग्न भएको आरोपमा भद्रपुर १४ का ३६ वर्षीय मदन सुब्बा, कुमरखोद १ का ३३ वर्षीय हरि न्यौपाने र शरणामति ४ का २६ वर्षीय महेश कार्कीलाई पक्राउ गरेको छ ।

नियन्त्रणमा लिएका उनीहरुले प्रहरीलाई रकम दिने भन्दै असुल्ने काम समेत गर्दै आइरहेकोले तीनै जना कारोबारी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बरामद गरिएको सामानमा चाइनिज कपडा ओभेरा ज्याकेट २७९ थान, जिङपिनफुसि कोट ६८ थान, मिङसछुन लङ कोट ८०, कालो छालाको जस्तो देखिने ज्याकेट १६० थान लगायतको बहुमुल्य सामान बरामद गरिएको डिएसपी शर्माले बताए । सामान सहित नियन्त्रणमा लिएका तीनैलाई भन्सार नियम अनुसार आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिटटा बुझाइसकेको प्रहरीले जनाएको छ ।

यता स्थानीय स्रोतका अनुसार पछिल्लो समयमा सो नाकामा स्थानीय प्रहरी इन्चार्जको मिलोमतोमा तस्करी हुने गरेको गुनासो बढेसगै प्रहरी कार्यालयका एसपी शैलेस थापा क्षेत्रीले तस्करी नियन्त्रणमा चासो देखाएका हुन । स्थानीय एक कारोबारीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका सो तस्कर समूहले लाइन अर्थात तस्करी गर्न छुट दिएवापत इलाका प्रहरी कार्यालय कुमरखोदका सई मोहन भुजेललाई मासिक २० हजार र शसस्त्र प्रहरी बल आउट चेक पोस्टका इनिस्पेक्टर केदारजंग थापालाई ६० हजार बुझाउदै आएका थिए । साथै सो समूहले जिल्लामा खटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई पनि मासिक नजराना बुझाउदै आएको कारोबारीको बताएका छन् ।

तस्करीमा सम्लग्न सईको सरुवा

इलाका प्रहरी कार्यालय कुमरखोद सिमा क्षेत्रबाट ठूलो परिणाममा प्रहरीले सामान बरामद गरेसगै जिल्ला प्रहरी कार्यालय कुमरखोदका सई मोहन भुजेललाई सरुवा गरेको छ । सो क्षेत्रबाट जिल्लाका प्रहरी टोलीले ठूलो परिणाममा सामान बरामद गरेपछि भुजेललाई आवश्यक कार्वाहीका लागि प्रहरी कार्यालय झापा तानिएको प्रहरी स्रोतले जनाएको छ । उनले तस्करसंग मिलोमतोमा रकम असुल्ने गरेको समेत यसै घटनाले पुष्टि गरिदिएको छ । ९ महिनादेखि कुमरखोदको इन्चार्ज भई कामकाज गर्दै आइरहेका सई भुजेलको स्थानमा प्रहरी कार्यालय झापाले मंगलबारदेखि सई निरज कार्कीलाई पठाइसकेको छ ।

यता मासिक ६० हजार रुपैयाँ घुस खाने शसस्त्र प्रहरी वल वोडर आउटपोष्टका शसस्त्र प्रहरी निरीक्षक केदारजंघ थापालाई भने कुनै कारवाही भएको छैन । जिल्ला प्रहरी कार्यालय झापाले असईलाई कारवाही गरेपनि तस्करीमा सम्लग्नलाई बढवा दिने प्रहरी निरीक्षक अझैं निर्धककासाथ वसिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर