चारपाने । झापाको कनकाई नगरपालिकामा सेनिटाईजर बनाउने तालिम सुरु भएको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोग र झापा युवा सरोकार समाजको आयोजना र सहकार्यमा तालिम सुरु भएको छ ।
बजारमा पाउने सेनिटाईजर गुणस्तरहिन र सर्वसाधारणको पहुच बाहिरको मुल्य रहेकोले अझै पनि नगरका धेरै नागरिक सेनिटाईजर प्रयोग गर्नबाट बन्चित बन्न परेको अवस्थालाई मध्येनजर गरेरे कनकाई नगरका हरेक टोल देखि घर सम्म डब्लु. एच.ओको मापदंण्ड अनुसारको सेनिटाईजर उत्पादन गर्न सिकाउने उदेश्यले कनकाई नगरमा रहेका सबै टोल समितका दुईजना प्रतिनिधीलाई तालिम दिन सुरु गरिएको छ, तालिमको सहजीहरुण कनकाई नगरका एचए जेनिश घले र बाह्रदशी गाउँपालिकाका सुसान्त घिमिरेले गरेका छन ।
दैनिक ८ दिन सम्म संचालनन हुने तालिमको उद्घाटन कनकाई–८ लक्ष्मीपुर स्थित हिमाली माध्यमिक विद्यालयमा भएको छ । झापा युवा सरोकार समाजका अध्यक्ष प्रसान्त गिरीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि कनकाई–८ का वडाअध्यक्ष प्रेमबहादुर कटुवालको रहेको थियो ।
‘कनकाई नगरमा ९ वटा वडा रहेको छ, उक्त वडाका टोल प्रतिनिधीहरुलाई दिनको दुईपटक समूहगत प्रशिक्षण दिईने छ । हाल बजारमा प्रतिलिटर हजार रुपैया सम्म पर्ने सेनिटाईजर ३ सय रुपैया लागतमै तयार गर्न सकिने समाजका अध्यक्ष गिरीले बताएका छन ।
तालिममा स्वास्थ्य र निरोगी जीवन जिउन खानुपर्ने पौष्टिक आहारा र सेनिटाईजर प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी लगायतका सचेतनामुलन जानकारी दिईएको थियो ।