Aamsanchar

बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमण मुक्त

Author Image
सोमवार, असोज ५, २०७७

बिर्तामोड । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।

कोरोना संक्रमण भएको १५ दिनपछि उनीहरु संक्रमण मुक्त भएका हुन् ।

समुदाय तहमा कोरोना संक्रमण फैलँदै गएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण मुक्त भएका स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले आज विशेष कार्यक्रमका बीच स्वागत गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचारमा रहेका उनीहरुलाई काममा फर्कनुअघि अस्पतालले स्वागत गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले कोराना संक्रमणको जोखिम भएपनि यसबाट कोही भाग्न नसक्ने बताए । उनले संक्रमण जितेर आएका स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । तत्कालका लागि कोरोनासँग मिलेर जानुको विकल्प नभएको कार्यकारी निर्देशक प्रसाईको धारणा राखेका छन् ।

सोमबार पूर्वाञ्चल क्यान्सर अस्पतालको बैठक कक्षमा आयोजित कार्यक्रममा बरिष्ठ डाक्टरहरु र अस्पताल प्रसाशन समूह र सञ्चारकर्मी समक्ष कोरोना संक्रमण मुक्त बनेका स्वास्थ्य कर्मीहरुले अनुभवहरु व्यक्त गरेका थिए । उनिहरुले कोरोना पोजेटिभ देखिए पनि आफूहरुमा कुनै गारों नभएको सामान्य ज्वरो र रुघा लागे पनि ३ दिनमा ठिक भएको बताएका थिए । त्यस क्षणमा अस्पताल व्यवस्थापन पक्षले गरेको उच्च व्यवस्थापन र माया स्नेहको कारण हौसला मिलेकोले भन्दै अस्पताल व्यवस्थापन प्रति धन्यवाद व्यक्त गरेका थिए ।

कोरोना संक्रमण मुक्त बनेका स्वास्थ्य कर्मीहरु भोलीदेखि नियमित आआफ्नो जिम्मेवारी सम्माल्न डिउटीमा खटिने अस्पतालका प्रवक्ता प्रमिस गिरीले बताएका छन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर