Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघले निर्वाचन मिति तोक्यो

Author Image
मङ्गलवार, असोज ६, २०७७

बिर्तामोड । बिर्तामोडका व्यवसायीहरुको ठुलो संस्था बिर्तामोड उद्योग वाणिज्य संघले चुनावी मिति टुंगो लगाएको छ ।

मंगलबार संघको कार्यालयमा बसेको बैठकले यही पुस ७ गते निर्वाचन गर्ने निर्णय गरेको हो । संघले मंसिर १५ गतेभित्र नवीकरण गर्न सदस्यहरुलाई अनुरोध पनि गरेको छ ।

संघमा यसअघिको निर्वाचनमा दुई हजार तीन सय मतदाता रहेकोमा आगामी चुनावमा चार हजार पुग्ने अनुमान गरिएको अध्यक्ष कुमार भट्टराईले बताए । सदस्य संख्या बढेसँगै अघिल्ला निर्वाचनभन्दा यसपालिको चुनाव अझ उल्लासमय बन्ने बुझिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर