Aamsanchar

मोरङको उर्लाबारी नगरका मेयरमा कोरोना देखिएपछि कार्यालयबाट प्रदान गरिँदै आएका सेवा बन्द , अरु कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन सुरु

Author Image
सोमवार, असोज २६, २०७७

विराटनगर – मोरङको उर्लाबारी नगरपालिकाको सबै सेवा सोमबारबाट बन्द गरिएको छ । मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिँदै आएका सेवा बन्द गरिएका हुन् । सेवा बन्द गरिएको बारेमा नगरपालिकाले सूचना जारी गरेको छ । मेयर फागोसहित संक्रमित कर्मचारीको सम्पर्कमा रहेका जनप्रतिनिधि र अरु कर्मचारीको पीसीआर परीक्षण गराउनुपर्ने भएकाले रिपोर्ट नआएसम्म सेवा बन्द नै रहने नगरपालिकाले जनाएको छ ।

फागोका अनुसार पीसीआर परीक्षणका लागि अरु कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन सुरु गरिएको छ । पाँच दिनअघि उनका सवारी चालक इन्द्र आपागाईंमा कोरोना पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख फागो र नगर स्वास्थ्य शाखा संयोजक सुरेश खड्कालाई पनि कोरोना देखिएको छ । फागोले कार्यालयहरु बन्द गरिएपछि सेवाग्राहीमा असुविधा पर्न सक्नेभन्दै कम्तीमा तीन दिनसम्म सेवा प्रवाह गर्न नसकिने उल्लेख गरेका छन् । उनले कोरोनाको संक्रमण फैलन सक्नेतर्फ सबै सचेत हुनुपर्ने र सावधानी अपनाउनु पर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर