Aamsanchar

विराटनगरको नोबेल शिक्षण अस्पतालमा शल्यक्रियाका क्रममा मृत्यु भएकी महिलाको शव आफन्तद्वाराअस्वीकार,पाठेघरको शल्यक्रिया भन्दै आन्द्रा काटेको आरोप

Author Image
बुधवार, असोज २८, २०७७

विराटनगर –  विराटनगरको नोबेल शिक्षण अस्पतालमा शल्यक्रियाका क्रममा मृत्यु भएकी एक महिलाको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन् । पाठेघरको ट्यूमरको सोमबार शल्यक्रिया गरिएकी सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीय तारादेवी भट्राईको मृत्यु भएको जानकारी अस्पतालले मंगलबार बिहान आफन्तलाई दिएको थियो । चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्य कारबाहीको माग राख्दै शव जिम्मा नलिइकन गएका छन् । उनीहरुले अस्पताल अगाडि नाराबाजी र प्रदर्शन पनि गरे । तारादेवीका श्रीमान ओम भट्टराईले सोमबार शल्यक्रिया गर्ने समय तय भएपछि पीसीआर परीक्षण गर्दै आइतबार श्रीमतीलाई अस्पताल भर्ना गरिएको बताए । उनका अनुसार सोमबार बिहान ९ बजेतिर शल्यक्रियाका लागि अप्रेशन थिएटरमा लगिएको थियो ।

ुकरिब एक घण्टापछि शल्यक्रिया सफल भयोभन्दै बिरामीलाई आइसीयूमा राख्न लगियो, ओमले भने, शल्यक्रियापछि बाहिर निकाल्दा श्रीमतीको अवस्था सामान्य थियो । पाठेघरको शल्यक्रिया गर्दा आन्द्राको ट्यूमर देखिएकाले पाठेघर र ट्यूमरनै फालेको कुरा चिकित्सकले बताएपछि आफूले धन्यवाद दिएको उनले सम्झिए । आइसीयूमा रहेकी श्रीमतीको रगत नरोकिएकाले पुनः अर्को पटक पनि शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकले बेलुका अप्रेशन थिएटरतिर लिएर गएको उनको भनाइ छ । करिब आधा घण्टापछि आत्तिएको अवस्थामा रहेका चिकित्सकले भेन्टिलेटरमा लैजानुपर्ने भयो भन्दै अचेत अवस्थामा अक्सिजनसहित अप्रेशन थिएटरबाट बाहिर निकालेको उनले बताए ।

सुरुमा हामीलाई बिरामीको अवस्था राम्रै छ भनियो, ओमले भने, एक्कासि बिहान मृत्यु भयोभन्ने खबर आयो । ट्यूमर निकाल्ने वहानामा चिकित्सकले बिरामीको आन्द्रा काटिदिएको आफन्तको आरोप छ । पाठेघरको शल्यक्रिया भनेर लगिए पनि हामीलाई जानकारी नदिइकन श्रीमतीको आन्द्रा काटिएको पाइयो, ओमको दाबी थियो, अस्पताल र चिकित्सकको लापरबाहीले श्रीमती गुमाउनु पर्‍यो । मृत्युपछि उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दै शव जिम्मा नलिएको उनले सुनाए । कारबाही नभएसम्म र शल्यक्रियामा भएका गल्तीको स्पष्ट जानकारी दिएर अस्पतालले कमजोरी स्वीकार नगरेसम्म शव नबुझ्ने ओमले बताए । यसैबीच मृत्युको विषयमा मंगलबार दिउँसो छलफल गर्ने भने पनि अस्पताल प्रशासनले वास्ता नगरेको आफन्तको गुनासो छ । शल्यक्रियामा सहभागी स्त्रीरोग विशेषज्ञ प्रा डा। गेहनाथ बरालका अनुसार मृतक महिलाको पाठेघरमा तेस्रो चरण (स्टेज थ्री) को क्यान्सर भइसकेको थियो । पाठेघरको साइडबाट फैलिएको क्यान्सर पिसाब थैली र आन्द्रासम्म पुगेका कारण शल्यक्रिया गरिए पनि बिरामीलाई बचाउन नसकिएको उनको भनाइ छ । सिटी स्क्यान गर्दा पाठेघरमा ट्यूमर थियो । पछि परीक्षणका क्रममा क्यान्सर देखियो, प्रा.डा .बरालले भने, त्यसपछि क्यान्सरकै हिसाबमा शल्यक्रिया गर्दै ट्यूमर फ्यालियो । तर ट्यूमरभित्र तीन लिटर रगत जमेको पाइएपछि हामीनै आश्चर्यमा पर्‍यौं ।’

फुट्न सुरु भएर ट्यूमरबाट अलिअलि रसाएर रगत पेटसम्मै आइपुगेको उनको भनाइ छ । ुशल्यक्रियाका लागि समयमा नल्याइएकाले बिरामीलाई बचाउन सकिएन, उनले भने, अझ् दुईरचार दिन ढिलो भएको भए अस्पताल पनि आइपुग्ने अवस्था थिएन । प्रा.डा.बरालले शल्यक्रियापछि ट्यूमरमा जम्मा भएको धेरै रगत एकै पटक बाहिर निस्कँदा बिरामीको अवस्था गम्भीर बनेको बताए । ‘बिरामीलाई बचाउनका लागि धेरै मेहनत गर्दै सात पिन्टसम्म रगत चढाइयो, उनले भने, तरपछि शरीरका अंगहरुले काम नै गर्नै छाडे 

पछि मुटुको चाल कम हुँदै गएर बिरामीको मृत्यु भएको उनको भनाइ छ । ट्यूमर पाठेघरको साइड हुँदै पिसाब थैली र आन्द्रासँग पनि जोडिएका कारण त्यहाँबाट छुट्याउने काम चैं गरिएको हो, बरालले भने, तर शल्यक्रिया गर्दा आन्द्रानै काटिएको कुरा चाहिँ सही हैन । उनले अस्पतालमा साताको दुईवटा क्यान्सरको शल्यक्रिया गर्ने गरिएको बताउँदै कुनैकुनै शल्यक्रियामा जटिलता आउनु स्वभाविक रहेको सुनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)