Aamsanchar

बैङ्किङ कसुर उपर एक करोड १५ लाख बिगो तोकिए पछि फरार बनेका झापा कनकाईका प्रसाई पक्राउ

Author Image
मङ्गलवार, कार्तिक ११, २०७७

झापा। बैङ्किङ कसुर मुद्दाका एक जना फरार व्यक्तीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका–३ का ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाई रहेका छन्।

फरार अभियुक्तको खोजीमा रहेको प्रहरीले उनलाई आज घरैबाट पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए ।

अलग–अलग दुई बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको इलाम इजलासले प्रसाईलाई दोषी ठहर गरेको थियो । उनी लामो समयदेखि फरार हुँदै आएका थिए ।

भगवती ढुङ्गेलको जाहेरीका आधारमा अदालतले गतवर्षको पुस १४ गते २५ लाख रुपैयाँ बिगोसहित एक महिना कैद सजायको फैसला सुनाएको थियो ।

प्रसाईविरुद्ध सुरेन्द्रकुमार उप्रेतीको जाहेरीका आधारमा चलाइएको बैङ्किङ कसुरको अर्को मुद्दामा अदालतले पुस २१ गते एक महिना कैद सजाय र ९० लाख रुपैयाँ बिगो तोकेको थियो ।

अदालतको फैसलापछि प्रहरीको खोजी सूचीमा रहेका प्रसाई दशैँको समयमा पक्राउ परेका हुन् । अदालत खुलेपछि आवश्यक कार्वाहीका लागि उनलाई पेश गरिने प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर