Aamsanchar

थप ३ हजार ५१७ जनामा काेराेना सङ्क्रमण, ४ हजार ९६ जना निको,ज्यान गुमाउनेको सङ्ख्या ९ सय २०पुग्यो

Author Image
शुक्रवार, कार्तिक १४, २०७७

काठमाण्डौ – नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा १४ हजार नौ सय ८९ जनाको नमुना सङ्कलन भएको हो । त्यस्तै गएको २४ घण्टामा चार हजार ९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २८ हजार नौ सय ५८ पुगेको छ ।

अब नेपालमा ३८ हजार तीन सय ५७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर