Aamsanchar

कुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टि

Author Image
शुक्रवार, असोज १४, २०७३

काठमाडौंः

Madhav-ghimire

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको कुशको शब बनाएर अन्तिम संस्कार गरिएको छ। गत आइतबार चितवनको दारेचोक–३ घोप्टेभीरबाट गाडी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका पूर्व गृहमन्त्री घिमिरेसहित उनका दुई भाइहरु मोहन र प्रकाश घिमिरेको कुशको शव बनाएर शुक्रवार अन्तिम संस्कार गरिएको हो।

आमा चैतन्यकुमारीको शव र तीन छोराको अन्तिम संस्कार गरिएको हो। गत आइतबारदेखि बेपत्ता रहेका पूर्वमन्त्री घिमिरेसहित उनका दुई भाइको मृत्यु भएको विश्वास गरी परिवारले कुशको शब बनाएर अन्तिम संस्कार गरेको हो।

आमा चैतन्यकुमारीसहित पूर्व गृहमन्त्री घिमिरे र उनका दुई भाइको शवमा नाती तथा छोराले दागबत्ती दिएका थिए। घिमिरेलाई अन्तिम श्रद्धाञ्जली दिन उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि पशुपति आर्यघाट पुगेको थिए।

पूर्व गृहमन्त्री घिमिरेसहित साचत जना सवार बा ९ च १५३१ नम्बरको स्कर्पियो गाडी गत आइतबार दारेचोक–३ स्थित घोप्टेभीरबाट त्रिशुलीमा खसेको थियो।

गाडी त्रिशूलीमा खस्दा घिमिरेकी आमा चैतन्यकुमारी, उनका आफन्त नारायणप्रसाद काफ्ले र अंग रक्षक रामचन्द्र कार्कीको शब फेला परेको थियो भने चालक विष्णु राईको जिवितै उद्धार गरिएको थियो। पूर्व गृहमन्त्री घिमिरेसहित उनका दुई भाइ अझै बेपत्ता छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर