Aamsanchar

७३ राउन्ड गोली र हतियारसहित एकजना पक्राउ

Author Image
बुधवार, पौष १, २०७७

काठमाडौं । खोटाङमा ७३ राउन्ड गोली र हतियारसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका ४ घोदरेका २२ वर्षीय केबी तामाङ छन् । साकेला गाउँपालिका १, सेखुवाको खलेबारी जंगलबाट एकथान एकनाले भरुवा बन्दुक, पेस्तोलमा लाग्‍ने ७ राउन्ड गोली, लामो हतियारमा लाग्‍ने ६६ राउन्ड गोली, भरुवा बन्दुकमा लाग्ने केही छर्रा तथा बारुदसमेत उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त जंगल सर्च गर्ने क्रममा तीनजना व्यक्ति जंगलतर्फ भाग्दै गरेको अवस्थामा तामाङलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त टोलीले जंगल पुनः सर्च गर्ने क्रममा बेडसमेतको २ वटा टेन्ट, विभिन्‍न कम्पनीका १७ थान मोबाइल, ८ थान चार्जर, १७ थान सिमकार्ड, ११ थान सहयोग रसिदलगायत विभिन्न सामान पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर