Aamsanchar

न्यायोचित माग पूरा गर्न पहल गर्ने– श्रीपाइली

Author Image
आइतवार, असोज १६, २०७३

बिर्तामोड।

man

युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले बिर्तामोडको वीएण्डसी हस्पिटलमा पाँच दिनदेखि आमरण अनशन बसेका चैतन्यप्रकाश मैनालीका मागहरु न्यायोचित रहेको भन्दै त्यसलाई पूरा गर्न पहल गर्ने बताएका छन् ।
आइतवार मन्त्री श्रीपालीले मैनालीलाई भेटी उनले उठाएका माग तथा स्वास्थ्य अवस्था बारे जानकारी लिए । पूर्वाधार पुगेको वीएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्ने लगायतका ६ बुँदे मागसहित मैनाली आमरण अनशनमा छन् । स्वास्थ्य शिक्षा नागरिक सरोकार समाजका उपाध्यक्ष मैनाली सो समाजको प्रतिनिधित्व गर्दै अनशन बसेका हुन् । मन्त्री श्रीपालीले सम्बन्धित मन्त्रालय र प्रधानमन्त्रीको समेत सो विषयमा ध्यानाकर्षण गर्ने बताए ।
यसैबीच राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले आमरण अनशनमा बसेका मैनालीको माग जायज रहेको भनी ऐक्यबद्धता जनाएका छन् । मैनाली अनशन बसेकै स्थलमा पुगेर लिङ्देनले वीएण्डसीलाई टिचिङ हस्पिटलको सम्बन्धन दिनुपर्ने लगायतका माग पूरा गर्न सरकारको ध्यानाकर्षण होस् भनी माग गरेका छन् ।
त्यस्तै हस्पिटलका सबै चिकित्सक तथा कर्मचारीले हातमा कालोपट्टि बाँधेर सरकारी उदासिनताको विरोध गरेका छन् । उनीहरुले मैनालीको जीवनरक्षा र उनले उठाएका माग पूरा गराउन दबाब स्वरुप विरोधमा उत्रिएका वीएण्डसीका पीआरओ प्रमिश गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर