Aamsanchar

काठमाडौंमा एक गाडीमा आगजनी, केही बन्दकर्ताहरु प्रहरी नियन्त्रणमा

Author Image
बिहिवार, माघ २२, २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड–माधव समूहले आजको लागि घोषणा गरेको आमहड्ताल विफल पार्न प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् ।

यता, बिहीबार बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ । दुई अज्ञात व्यक्तिहरुले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर