Aamsanchar

प्रधानमन्त्री कै अगाडी कलाकार हरिवंश आचार्यको तिखो भनाई ‘नेपालमा बनेका पिचरोड नभएर घिचरोड हुन’

Author Image
मङ्गलवार, फागुन १८, २०७७

बिर्तामोड । वरिष्ठ कलाकार हरिवंश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडी नेपालको सडक निर्माणकार्य फितलो हुने गरेको भन्ने संकेत गर्दै नेपालमा बनेका सडकहरू पिच रोडको नाममा घिचरोड भएको बताएका छन् । आज झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्ने क्रममा आचार्यले यस्तो बताएका हुन् ।

‘देशबाट निर्यातभन्दा आयात बढी हुने भएकाले नेपालका सडकहरू एकपट्टि बढी उठेका र एकपट्टि भासिएका छन्,’ उनले भने, ‘नेपालबाट निर्यात हुने कबाडी मात्र छ । त्यसैले यहाँको निर्यात बढाउनुपर्छ । नेपालका पिचरोड, पिचरोड हो कि घिचरोड हो छुट्याउन गाह्रो छ ।

आचार्यले पूर्वाञ्चल क्यान्सर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा आफू विश्वस्त रहेको बताउँदै यो अस्पतालले विदेश जाने पैसा रोकेर देशमै परिचालन गर्ने विश्वास व्यक्त गरे ।

‘विदेशमा उपचार गराउन जाँदा पैसा पनि विदेशिने र त्यहाँ हाम्रो कोही आफन्त नहुने हुँदा अत्यन्तै दुःख पाइन्छ । तर यसरी आफ्नै ठाउँमा उपचार गराउने सेवा हुँदा पैसा पनि बचत हुन्छ,’ आचार्यले भने ।

अस्पताल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर