Aamsanchar

झापामा सवारी दुर्घटना : दुईको मृत्यु चार जनाको अवस्था चिन्ताजनक

Author Image
बुधवार, फागुन १९, २०७७

बिर्तामोड । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा ट्रक र कार एक आपसमा ढक्करखाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कार चालक सुनसरी धरान नगरपालिका–११ बस्ने बर्ष २७ का दिपक क्षेत्री र सोलुखुम्बु पासाङल्यामु गाउँपालिका वडा नं. १ का दिलिप रानाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

बुधबार वेलुका ४ बजे तिर भएको दुर्घटनामा कारमा सवार  र मोटरसाईकलमा सवार गर्ने  ५ जना घाईते भएका छन् ।

घाईते हुनुहरुमा कारमा सवार धरानकी अन्जु मगर, सुरेश मगर, शिवसताक्षी नगरपालिका–२ का यमबहादुर श्रेष्ठ, सनम श्रेष्ठ सक्त घाईते भएका छन् त्यसैगरी घाईते हुनेमा इटहरीका समिर राना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।

प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र ट्रक झापाको कनकाई नगरपालिका वडा नम्बर ४ स्थित मुख्य लोकमार्गमा एक आपसमा जुधेर दुर्घटना भएको थियो ।

घाईतेहरुको उपचार विर्तामोड स्थित बिएण्डसी अस्पतालमा भईरहेको छ । दुर्घटनामा घाइते भएका मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले जनाएकोे छ ।

Views: 243

प्रतिक्रिया (०)