Aamsanchar

दशैमा जूवातास खेल्ने २५ जना लाखसहित पक्राउ

Author Image
शनिवार, असोज २९, २०७३

काठमाडौं ।

दसैंमा विभिन्न ठाउँमा जुवातास खेल्ने र खेलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ललितपुरका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट १ लाख १८ हजार ३ सय २० रुपैयाँ र ११ बुक तास समेत बरामद गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको छ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर