बैतडी –

विष सेवनबाट बझाङमा आइतबार राति श्रीमतीको ज्यान गएको छ भने श्रीमान् बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार गडराय–८ घर्तीबाडाकी २३ वर्षीया तारादेवी सिंहको ज्यान गएको छ भने २४ वर्षीय श्रीमान् प्रभु सिंह बिरामी भएका छन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।


Views: 321

