इलाम ।

इलाम माइखोलामा डुङ्गा पल्टिँदा ज्यान गुमाउने थप दुईजनाको परिचय खुलेको छ । पुष्पा खड्का र अन्जली खड्काको सनाखत भएको प्रहरीले जनाएको छ । मृतक एक पुरुषको भने अझै परिचय खुलेको छैन ।

शुक्रबार दानाबारीबाट महमाईका गइरहेको डुङ्गा माइखोलामा पल्टिँदा ८ जनाको ज्यान गएको थियो ।
५० जनाभन्दा धेरै यात्रु चढेको डुङ्गा पल्टिँदा ३४ जनाको उद्धार गरिएको छ । डुङ्गामा रहेका १० जनाभन्दा बढी अझै सम्पर्कमा नआएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Views: 167

