Aamsanchar

पाँच सय रुपैयाँले सस्तियो सुनको भाउ

Author Image
शुक्रवार, चैत ६, २०७७

काठमाडौं- सुनको भाउ तोलामा पाँच सय रुपैयाँले सस्तो भएको छ । बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८६ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Views: 393

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३