Aamsanchar

ब्राउन सुगरसहित भद्रपुरबाट एक पक्राउ

Author Image
आइतवार, चैत १५, २०७७

भद्रपुर। झापाको भद्रपुर नगरपालिका स्थित एउटा घरमा छापा मारेर प्रहरीले आज दिउँसो १६ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका घर भई झापाको कचनकवलमा बस्दै आएका २१ वर्षीय रोशन मगर छन् ।

भद्रपुर नगरपालिका(१० भृकुटी चोकका माइक मर्डीको घरमा शंका लागेर छापा मार्दा ब्राउन सुगरसहित मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका मगरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)