Aamsanchar

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागेर मोरङमा १ जनाको मृत्यु

Author Image
आइतवार, वैशाख १२, २०७८

मोरङ- मोरङ केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्त वहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ । यही बैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग शिकार खेल्न गएको थिए । ९ गते दिउँसो प्रहरीलाई खबर गरे लगतै घटनास्थलमा ईलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटिएको थियो ।सो क्रममा घटनास्थलबाट १ थान भरुवा बन्दुक फेला पारेको थियो ।

घटना सम्बन्धमा थप बुझ्न ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिएर गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा बैशाख ८ गते रातको ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागि हस्त वहादुर राईको घटनास्थलमा मृत्यु भएको खुल्न आएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
 पक्राउ परेका उपर ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्यादथप गरी थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)