Aamsanchar

मकवानपुरमा टाउकोमा बञ्‍चरो प्रहार गरेर छोराद्वारा बाबुको हत्या

Author Image
आइतवार, वैशाख १२, २०७८

मकवानपुर : मकवानपुरमा छोराले बञ्‍चरो प्रहार गरेर आफ्नै बाबुको हत्या गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३, कटुञ्जेमा आफ्नै छोराले बञ्‍चरो प्रहार गर्दा ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको हो। ३० वर्षीय छोरा अन्जन सापकोटाले उनको टाउकोमा बञ्‍चरो प्रहार गरेको र बाबुको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको  छ। मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीका अनुसार आइतबार बिहान कुराकानीका क्रममा विवाद हुँदा छोराले बञ्‍चरोले बाबुलाई हानेका हुन्।

बञ्‍चरो प्रहार गरी बाबुको हत्या गर्ने अन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी भार्ताको टोलीले बञ्‍चरोसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर