Aamsanchar

बुधबारे जेसीजको ‘मेरो पनि योगदान छ’ अभियानमा भट्टराई परिवारको ५१ हजार

Author Image
बुधवार, वैशाख २९, २०७८

बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–२ का जयनाथ तथा गोमादेवि भट्टराईको परिवारले एकाउन्न हजार रुपैँया सहयोग गरेको छ ।

बुधबारे जेसीज वर्ष २०२१ का कोषाध्यक्ष समेत रहेका मुकेश भट्टराईको परिवारले जेसीज भवन निर्माणका लागि सो सहयोग गरेको हो । बुधबारे जेसीजको सचिवालय भवनको एक कार्यक्रमको आयोजना गरी बैशाख १६ गते शिलान्यास गरिएको थियो ।

५० लाख रुपैँयाको अनुमानित लागतमा निर्माण सम्पन्न हुने तीनतले भवन निर्माणका बुद्धशान्ति – १ का शिक्षासेवी ज्ञानेन्द्रप्रसाद धिमिरेको परिवारले बुद्धशान्ति– १ को नमुना चोकमा १० धुर जग्गा निशुल्क प्रदान गरेको थियो । सोहि ठाउँमा भवन बन्न लागेको हो ।

बुधबारे जेसीजले भवन निर्माण कार्य पूरा गर्न ‘मेरो पनि योगदान छ’ कार्यक्रम ल्याएपछि भवन निर्माणका लागि सहयोगी हातहरु अधि बढ्न थालेका छन् । भवन सबैको साझा हुने हुँदा ‘मेरो पनि योगदान छ’ कार्यक्रम अनुसार सबैको अपनत्व हुने गरी भवन निर्माण कार्य सम्पन्न गरिने बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । भवन निर्माणका लागि बुधबारे जेसीजका निर्वतमान अध्यक्ष नन्दकुमार याफू राईको संयोजकत्वमा भवन निर्माण समिति बनिसकेको छ । सबैलाई भवन निर्माणमा सहयोग गर्न बुधबारे जेसीजले अपील समेत गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर