Aamsanchar

मोरङमा एक पुरुषको सुतेकै ओछयानमा धारिलो हतियारले प्रहार गरेर हत्या

Author Image
शुक्रवार, जेठ ७, २०७८

मोरङको सुन्दरहरैचा नगरपालिकामा एक पुरुषको सुतेकै ओछयानमा हत्या भएको छ । सुन्दरहरैचा नगरपालिका–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछयानमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले अर्ध नग्न शव रगताम्मे अवस्थामा भेटिएको जानकारी दिए ।

निदाएका बेला कुनै धारिलो हतियारले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मृतक गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रोमा एक्लै बस्दै आएका थिए । उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको प्रहरीले जनाएको छ ।

ज्यालमजदुरी गरेर जीविका चलाउँदै आएका विष्णु दैनिक बिहानै उठेर काममा जाने गरेका थिए । ढिलासम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै ओछयानमा हत्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खबर गरेको थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर