Aamsanchar

नेपाल औधषि व्यवसायी संघ झापाद्वारा खाद्ययन्न वितरण कार्यक्रम सुरु

Author Image
बिहिवार, जेठ १३, २०७८

बिर्तामोड । नेपाल औधषि व्यवसायी संघ झापाले कोरोना कहरमा सरकारले लगाएको निषेधाज्ञाको कारण व्यरोजार बन्न पुगेका विपन्न वर्गलाई लक्षित गरेर बिर्तामोडका १६ परिवारलाई आज खाद्ययन्न सामग्रीहरु विरतण गरेको छ ।

आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने उदेश्य राखेर संघले विर्तामोड नगरपालिका–५ मा रहेका १६ परिवारलाई राहत वितरण गरिएको हो ।

राहत सामाग्रीमा चामल, दाल, नुन, खानेतेल र आलु उपलव्ध गराईएको थियो । उक्त खाद्ययन्न व्यवस्थापनका लागि औषधि व्यवसायीहरुले यथासक्य रकम जम्मा गरेका थिए ।

रकम जम्मा गर्ने व्यवसायीहरुमा रोशन भण्डारी बन्दना मेडिकल १५००, जीवनकुमार खड्का त्रिशुल फर्मा ११०००, सोम ओझा हलेशी फार्मेसी १००००, सुरेश खतिवडा ओम झापा फार्मेसी १०००, अजय गुप्ता मेची फार्मेसी ५१००, विनय डाँगी प्रान्जल फार्मेसी ५०००, रमेश दाहाल सिंहबाहिनी फर्मेसी ५०००, बसन्त ईङनाम बिएण्डसी फार्मेसी ५०००, विवेक खड्का ५०००, हेमन्त बास्तोला ईन्टन मिडिकल ५०००, कृष्णबहादुर कार्की त्रिचन्द्र फार्मेसी ३५००, लेखनाथ सिग्देल प्राईम फर्माबाट २५०० गरि जम्मा ८२ हजार १ सय रुपैया संकलन गरेको मा बिर्तामोडका १६ परिवारलाई जनही २२२५ रुपैया बराबरको खाद्ययन्न सहयोग गरिएको संघका महासचिव जीवनकुमार खड्काले जानकारी दिए ।

व्यवसायीहरुले झापाका विभिन्न स्थानमा सहयोग वितरण गर्ने कार्यको थालनी गरेका छन् । बिर्तामोड पछि मेचीनगर, बुद्धशान्ती लगायतको क्षेत्रमा स्थानिय औषधि व्यवसायीहरुको सहयोगमा यथाशिघ्र राहत खाद्ययन्न वितरण गर्ने योजना संघले बनाएको महासचिव खड्काले आमसंचारलाई बताए ।

औषधि व्यवसायीले गरेको मानवीय कार्यलाई मन पराएर लायन्स क्लव अफ विर्तामोड सिटीका सचिव अनन्त महतोले एक परिवारको लागि रकम हयोग गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर